योग दिवसको नारा ‘गरौं योग डटेर, कोभिड जान्छ हटेर’
दैलेख : योगले शरीर र मनलाई सन्तुलित राख्छ, सही तरिकाले योग गरिए शरीरका सबै अंग, प्रत्यंग र ग्रन्थीहरूको व्यायाम हुन्छ । यसले शरीरलाई फूर्ति दिन । फलस्वरुप नेपालमा २०७२ देखि सरकारी तहबाट योग दिवस मनाउन थालिएको हो । यो वर्ष ‘गरौं योग डटेर, कोभिड जान्छ हटेर’ नारा सहित मनाइएको छ । योग दिवसका दिन दैलेखमा पनि पतञ्जली योग समिति र बेलासपुर आयुर्वेद औषधालयले बिहीवार छुट्टाछुट्टै सचेतना मूलक कार्यक्रम गरेका छन् ।
कर्णाली प्रदेश सरकारको ५० लाख रुपैंयाँको लागत गत वर्ष निर्माण भएको योग भवनमा छैटौं राष्ट्रिय योग दिवस उत्साहका साथ मनाइएको दिवसमा नारायण नगरपालिकाका मेयर रत्नबहादुर खड्काले योग साधना जीवनलाई स्वस्थ र शान्त बनाउछ भनेर चेतना जगाउने आवश्यक रहेको बताए ।
कार्यक्रममा उपमेयर सावित्री मल्लले कर्णाली प्रदेश सरकारको पूर्वाधार विकास कार्यक्रमको ५० लाखमा बनाइएको भवनमा जडित सुविधाहरुले आवश्यकताका आधारमा आएका योजनामा श्रोतको उचित सदुपयोग र आफ्नोपन झल्किएको बताइन् ।
प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले योग दिवसको यो वर्ष ‘गरौं योग डटेर, कोभिड जान्छ हटेर’ नारा समय सान्दर्भिक भएको चर्चा गरे । उनले हिन्दू सँस्कार र मानव विकासको सभ्यतासंग जोडिएको योग अभ्यासलाई सबैका लागि अनिवार्य गर्न अभियान चलाउनुपर्ने बताए ।
कार्यक्रममा स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा। निरञ्जन पन्तले योगले नसर्ने खालका धेरै रोगहरु निको पार्न, मानिसको मानसिक स्वास्थ्यलाई पनि राम्रो गर्ने भए पनि विधि र पद्धति नपुगे शरीरलाई हानी समेत हुन सक्ने भएकोले सचेत हुनुपर्ने सुझाव दिए ।
कार्यक्रममा पतञ्जली योग समिति योग प्रशिक्षक शंकर थापा, साधक भक्तबहादुर थापा, साधिका राधा मल्ल, सरस्वती बृद्धाआश्रम व्यवस्थापन समितिका सदस्य रत्नेश श्रेष्ठ लगायतले योगको महत्व, आवश्यकता र जीवनमा ल्याउने सकारात्मक परिवर्तन बारे प्रकाश पारेका थिए ।
सबै वक्ताहरुले कर्णाली प्रदेशसभाका सदस्य अम्मरबहादुर थापाले दैलेख – १ को ‘प्रदेश ख’ निर्वाचन क्षेत्रको पूर्वाधार विकास कार्यक्रमको बजेटबाट योग भवनका लागि ५० लाख रुपैंयाँ बिनियोजन गरेको योगदानको प्रशंसा गरेका थिए ।
यसैगरी आयुर्वेद औषधालय बेलासपुरले आयोजना गरेको कार्यक्रममा औषधालयमा डेढ वर्ष अघि आएका कविराज राजीवकुमार भारतीले आर्युेदिक औषधि सेवा निम्ति गरेको प्रयासको प्रशंसा गर्दै नगरपालिकाले औषधालयलाई आवश्यक बजेट बढाउदै जाने बताइन् ।
नारायण नगरपालिका–३ का वडाध्यक्ष चन्द्रप्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार, स्वास्थ्य सेवा कार्यालयका प्रतिनिधि नन्दलाल जैसी, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि मणिराम रेग्मी, आयुर्वेद औषधालय बेलासपुरका कविराज राजीव भारतीले योग दिवस र आयुर्वेदको अन्तर सम्वन्ध विषयमा प्रकाश पारेका थिए ।
आयुर्वेद औषधालय बेलासपुरमा कविराज राजीव भारती सरुवा भई आएको डेढ वर्ष अवधि स्टीम्वाथ, शिरोधारा, पिनास निको पार्ने नस्यकर्म, वस्तीकर्म लगायत पञ्चकर्म सेवा र स्वस्थ जीवनशैली योग अभ्यास र नागरिक आरोग्य सेवा क्लिनिक सचेत सञ्चालन हुँदै आएका छन् । साभार ज्वाला सन्देश