Loading... आजः बुधबार, जेष्ठ ५, २०७८
Trending

झोलुगे पुल बनेपछि स्थानीयलाई सहज


दैलेख  : झोलुगे पुल निर्माण भएपछि स्थानीयलाइ जोखीम मोलेर यात्रा गर्नु पर्ने बाध्यता हटेको छ । जिल्लाको भैरवी गाउँपालिका वडा नः ३ र चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नः ४ जोड्ने पादुका खोलामा झोलुगे पुल निर्माण भएपछि त्यहाका स्थानीयलाई यात्रा गर्न सहज              भएको हो ।
भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले झोलुगे पुल निर्माणका लागि संघिय सरकारको ९३ प्रतिशत,पाँच प्रतिशत गाउँपालिका र २ प्रतिशत गरी कुल २८ लाखमा झोलुगे पुल निर्माण भएको बताए । उनले योजना छनोटको चरणमा पुल निर्माणको योजना आए बमोजीम संघिय सरकारलाई अनुरोध गरिएको र त्यसै बमोजीम पुल निर्माण भएको बताए ।

गडाजीउला झोलगे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष भक्त बहादुर केसीले पुल निर्माणले स्थानीय खुसी भएको बताए । उनले पुल निर्माण नहुँदा काठको पुल बनाएर तर्ने गरेका थियौ त्यो पनि खोलाले बगाएपछि बर्षातको समयमा मध्यपहाडी राजमार्गको पादुको खोलामा निर्माण गरिएको पुल बाट हिड्नु पर्ने र समय धेरै लाग्ने समस्यामा रहेका स्थानीयलाई पुल निर्माणले खुसी तुल्याएको बताए । उन ठुलो मान्छेहरु खोला तर्ने गरेको भएपनि बालबालिहरुका लागि ठुलो जोखिम कम भएको बताए ।

भोलुगे पुलको उद्दघाटन गर्दै भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बुढाले संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको साझेदारीमा पुल निर्माण कार्य सम्पन्न भएको बताए । उनले बाँकी रहेका स्थानमा समेत यो आर्थिक वर्षमा पुल निर्माण गर्ने बताए ।
फोटो क्याप्सन ः झोलगे पुलको उद्दघाटन गर्दै गाउँपालिका अध्यक्ष तस्बिर कमल शर्मा

error: Content is protected !!