Loading... आजः शुक्रबार, चैत्र १६, २०८०
Trending

जिसस प्रमुख ओलीसहित पाँच जना जुवा खालबाट पक्राउ

दैलेख :  रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख गजेन्द्रबहादुर ओलीसहित प्रहरीले पाँचजनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ । रुकुम पश्चिम मुसीकोट नगरपालिका–१, पातुखोलास्थित एक स्थानीयको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला समन्वय प्रमुख बोहरासहित रुकुम पूर्व पृथा उत्तरगंगा गाउँपालिका ५, का २९ वर्षीय सुभाष घर्ती मगर, सोही गाउँपालिका वडा नम्बर १० का ६४ वर्षीय जितेन्द्र बुढामगर, रुकुम पश्चिम त्रिवेणी गाउँपालिका(७, का ४२ वर्षीय लिलबहादुर पुन र मुसीकोट नगरपालका १, का ३७ वर्षीय कमललाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट २५ हजार दुई सय रुपैयाँ र तीन गड्डी ताससमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक कपिल शर्मालेले जानकारी दिए । पक्राउ परेकालाई कानुनबमोजिम कारबाही गरिने उनको भनाइ छ ।