तीन वडाका धामीझाक्रि संग अन्तरक्रिया
दैलेख : महिनावारी सरसफाई,छाउँपडि प्रथा र बाल विवाह र आंङ खस्ने समस्याका बारेमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । बातावरणीय कृषि तथा विकास केन्द्र (केड) सुर्खेतको आयोजना वडा कार्यालयको समन्वयमा र महिला शसक्तिकरण मञ्च नेपाल द्धारा संचालीत महिला किशोरी तथा बाल अधिकार कार्यक्रम अन्र्तगत कार्यक्रम संचालन भएका दुल्लु नगरपालिकाको वडा नः १३ मालिका,वडा नः १० गमौडी र वडा नः ११ कालभैरवका धामी झाक्रि संग अन्तरक्रिया गरिएको हो ।
अन्तरक्रिया कार्यक्रममा महिनावारी सरसफाई,छाउँपडि प्रथा त्यसले समाजमा पारेको नकरात्मक प्रभाव,बाल विवाह र आङ खस्ने समस्याका बारेमा धामी झाक्रिहरुलाई बातावरणीय कृषि तथा विकास केन्द्र (केड) सुर्खेतकी प्रजन्न स्वास्थ्य अधिकृत इन्द्रा घर्ती र महिला सशक्तिकरण मञ्च नेपालका कार्यक्रम संयोजक निर्मला शाहीले सहजीकरण गरेका थिए । धामिझाक्रिहरुले पहिलेको भन्दा परिवर्तन भएको बताउँदै अझै सुधार गरेर जाने बताएका छन । उनीहरुले पहिला अलग्गै गोठमा राख्ने गरेको भएपनि अहिले घरमै राख्ने गरेको बताएका छन । महिला सशक्तिकरण मञ्च नेपालका सदस्य डिल कुमारी चन्दको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्षहरुले महिनावारी सरसफाई ,छाउँपडि,आङ खस्ने समस्या र बाल विवाह न्युनीकरणका बारेमा स्थानीय सरकार लागि परेको बताएका छन ।