Loading... आजः बिहिबार, बैशाख ६, २०८१
Trending

निःशुल्क पिसिआर परीक्षण गर्न प्रयोगशाला लाई १५ लाख विनियोजन

दैलेख  : पिसिआर परीक्षण प्रयोगशालामा काम गर्ने कर्मचारी र किट खरिद गर्ने भन्दै स्वास्थ्य सेवा कार्यालयले पिसीआर परीक्षण गरे बापत तिर्नु पर्ने दुई हजार शुल्क अव नतिर्नु पर्ने भएको छ । प्रतिनिधि सभा सांसद रवीन्द्र शर्माले खर्च गर्ने पाउने निर्वाचन क्षेत्र पूर्वाधार साझेदारी विकास कार्यक्रम मार्फत जिल्ला भरका नागरिकको निःशुल्क पिसिआर परीक्षण गर्न पिसिआर प्रयोगशालालाई १५ लाख रुपियाँ विनियोजन गरिए सँगै पिसिआर परीक्षण गर्दा शुल्क नलाग्ने भएको हो ।
प्रतिनिधि सभा सांसद रवीन्द्र शर्माले जिल्लाका नागरिकहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर उक्त रकम प्रयोगशाला लाई विनियोजन गरेको बताए । उनले कोरोना परीक्षण गर्न सरकारले नै तोकेको दुई हजार तिर्न समेत केही नागरिक नसक्ने भएका कारण आफूले उक्त रकम विनियोजन गरेको बताए । उनले भने दैलेखमा कोरोनाको हटस्पट बनेपछि आफूले खर्च गर्ने पाउने निर्वाचन क्षेत्र पूर्वाधार साझेदारी विकास कार्यक्रम मार्फत एक करोड ६ लाखमा पिसिआर परीक्षणका लागि मेसिन खरिद गरिएको बताउँदै अव कसैले पनि पिसिआर परीक्षण गरेको शुल्क तिर्नु पर्नेछैन ।
उनले भने कोरोना महामारीमा कसैले पनि मजाक नसम्झिएर सतर्क भएर नेपाल सरकारले तोकेका स्वास्थ्य मापदण्ड पुरा गरेको खण्डमा कोरोना बाट बच्न सकिने बताए । चिसो मौसम सुरु भएको छ जेष्ठनागरिक र अन्यलाई समेत निकै प्रभावित पार्ने र अर्को तर्फ कोरोना महामारी भएकाले सजग भएर बस्न आम जिल्लावासीलाई आग्रह गरे ।
सरकारले आर्थिक रूपले विपन्न ,गरिबलाई सम्बन्धित गाउँपालिका वा नगरपालिकाले पिसिआर परीक्षणका लागि पत्र पठाएको खण्डमा शुल्क नलिने र अन्य रोजगारी भएका व्यक्ति वा तिर्न सक्ने व्यक्तिका लागि दुई हजार रकम तिर्नु पर्ने व्यवस्था गरेको थियो । सरकारले पिसीआर परीक्षण निःशुल्क व्यवस्था गर्नु पर्ने माग गर्दै सर्वोच्च अदालतमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर अधिवक्ता पूर्ण राजवंशीले अन्तरिम आदेशको माग गर्नुभएको थियो । सर्वोच्च अदालतका न्यायधिस तेज बहादुर केसीको एकल इजलासले निःशुल्क पिसीआर परीक्षण गर्न अन्तरिम आदेश जारी गरेको थियो ।
आदेश लगत्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आदेश पुनरावलोकन गर्न सर्वोच्चमा निवेदन दिए पनि उक्त निवेदन माथि पुन आदेश जारी गर्न नपर्ने भन्दै उक्त आदेश दिएको थियो ।
सरकारले पिसीआर परीक्षणका लागि पाँच हजार पाँच सय निर्धारण गरेको भए पनि त्यसको पुनरावलोकन गर्दै चार हजार चार सय निर्धारण गरेको थियो । पछि सरकारले पिसिआर परीक्षण शुल्क देशभरका सबै प्रयोगशालाका लागि अधिकतम दुई हजार रुपैयाँ तोकेको छ । परीक्षणमा प्रयोग हुने सामानहरूको मूल्य घटेको आधारमा शुल्क संशोधन गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जानकारी दिएको थियो । दैलेखमा हाल सम्म ११ हजार पाँच सयको पिसिआर परीक्षण गर्दा एक हजार ४७२ जनामा कोरोना संङक्रमण भएको पुष्टि भएको छ भने हाल सम्म छ जनाको मृत्यु भएको छ ।