Loading... आजः बिहिबार, मंसिर १६, २०७८
Trending

प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्डबीच छलफल


काठमाडौं  :  प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री तथा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगेर समसामयिक विषयमा छलफल गरेका छन ।
पछिल्लो घटनाक्रमलगायतका विषयमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच करिब एकघण्टा कुराकानी भएको नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।
‘विगतमा बालुवाटारमा पार्टीका सबै बैठक हुने गर्थे, यो पटक प्रधानमन्त्री ओली खुमलटार आएर छलफल गर्नुभयो, समसामयिक विषयमा छलफल केन्द्रीत भएको प्रेस संयोजक विष्णु सापकोटाले बताए ।उहाँहरुसँगै नेकपा उपाध्यक्ष बामदेव गौतमले पनि उक्त भेटवार्तामा सहभागी भएका थिए ।

error: Content is protected !!