Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

संवैधानिक परिषद्को बैठक स्थगित

काठमाडौँ  :  संवैधानिक परिषद्को बैठक स्थगित भएको छ। प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीले बिहीबार साँझ ५ बजे बस्ने गरी बालुवाटारमा बोलाएको बैठक स्थगित गरेका हुन्। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेपछि ओलीले बैठक स्थगित गरेको बालुवाटार स्रोतले जानकारी दियो।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता मावधकुमार नेपाल पक्षसँगको बुधबार गरेको सहमतिलाई तोड्दै ओलीले बैठक बोलाए पनि अन्तिम समयमा स्थगित गरेका हुन्। बुधबार स्थायी समिति बैठक अघि ओली र दाहालबीच मंगलबार जारी भएको संवैधानिक परिषद ऐन संशोधन अध्यादेश फिर्ता लिने र दाहाल–नेपाल पक्षले विशेष अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा पेश भएको पत्र फिर्ता लिने दुई बुँदे सहमति भएको थियो।

सहमति विपरीत ओलीले फेरि बैठक बोलाएपछि नेकपामा हल्लीखल्ली मच्चिएको थियो।