Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

सिकार खेल्न गएका राउटे युवाको भीर बाट खसेर मुत्यु


दैलेख : सुर्खेतको चिङ्गाड गाउँपालिका–५ मटेला खोला नजिकै बसोबास गर्दै आएका राउटे समुदायका १६ वर्षीय टेकराज शाहीको भीरबाट लडेर मृत्यु भएको छ । बादँरको शिकार गर्ने क्रममा भीरबाट लडेर मंगलवार उनको मृत्यु भएको हो ।
राउटे समुदायका युवा र किशोरहरू खाना खाएर नजिकैको जंगलमा मंगलबार दिउँसो बाँदरको शिकार गर्न गएका थिए । सोसेक दैलेख मार्फत् सञ्चालित राउटे परियोजनाका शिक्षक लालबहादुर खत्रीले शिकार गर्ने क्रममा मटेला खोला नजिकैको भीरबाट लडेर उनको ज्यान गएको पुष्टि गरेका छन ।
उनले मृतक टेकराज भर्खर पढ्न थालेको र पढाईप्रति आकर्षित उनी आफ्नो समुदायका मुखियाले पढ्न नदिएपनि भर्खर पढ्न र लेख्न सिक्दै गरेको शिक्षक खत्रीले बताए । उनले भने आफ्नो नाम लेख्न सक्ने भइसकेका थिए तर उनको पढ्ने ईच्छा पूरा हुन पाएन ।
राउटे समुदायमा अहिलेसम्म कसैले औपचारिक शिक्षा नलिएपनि राउटे परियोजनामार्फत समुदायमै अनौपचारिक कक्षा संचालनमा हुने गरेको छ। मृतक राउटे बालकको उनीहरूकै परम्परा अनुसार मंगलबार नै अन्त्येष्टि गरिएको छ । राउटे समुदायमा अहिले ४४ घरपरिवारमा १४५ जना रहेका छन्। केही समयअघि उनीहरूलाई दैलेखको गुराँस गाउँपालिकाले आफ्ना नागरिकका रूपमा परिचयपत्र उपलब्ध गराई सामाजिक सुरक्षा प्रदान गर्दै आइरहेको छ ।