Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

कोरोना प्रभावितलाई आय आर्जनमा जोडिन बाख्रा वितरण


दैलेख : कोरोना महामारीका कारण रोजगारी गुमाएर स्वदेश फर्किएका युवा,एकल महिला र घरेलु हिंसामा परेका महिलालाई बाख्रा वितरण गरिएको छ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम,गुराँस गाउँपालिकाको आर्थिक सहयोगमा महिला सशक्तीकरण मञ्च नेपालको साझेदारीमा सञ्चालन भएको कोभिड –१९ रेस्पोन्स सोसियो इकोनोमिक रिकोभरी कार्यक्रम मार्फत गुराँस गाउँपालिका वडा नः वडा नः ५ र २ का युवा तथा एकल महिला र घरेलु हिंसामा परेका महिलाहरुलाई प्रतिव्यक्ति २ वटा बाख्रा वितरण गरिएको हो ।
कोरोना महामारीका कारण रोजगारी गुमाएका युवा,एकल महिला र घरेलु हिंसामा परेका महिलाहरु अनुदानमा बाख्रा पाएपछि खुसी भएका छन । भेरी सानाकाडा बाख्रा पालन समुहका अध्यक्ष रुपा थापा मगरले कोरोना महामारीका कारण रोजगारी गुमाएका युवा, एकल महिला र घरेलु हिंसामा परेका महिलाहरुलाई आय आर्जनमा जोडन बाख्रा पाएको भन्दै महिला शसक्तिकरण मञ्च नेपाल र गुराँस गाउँपालिकालाई धन्यबाद दिएकी छन । उनले सस्थाले दिएको बाख्रालाई राम्रो संग पालेर त्यस बाट धेरै आम्दानी गर्न सकीने बताईन ।
महिला शसक्तिकरण मञ्चकी अध्यक्ष सुनिता चन्दले कृषक समुह लाई बाख्र्रा वितरण गर्न अघि बाख्राको विमा गरेर वितरण गरिएको जानकारी दिइन । उनले बाख्रा बिरामी भएर मरेको वा अन्यबन्यजन्तुले आएको खण्डमा कृषकले बिमा बापतको रकम पाउने समेत व्यवस्था गरिएको जानकारी दिइन ।


गुरासँ गाउँपालिका र डुगेश्वर गाउँपालिकाको समन्वयमा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत बाट आएको पशु प्राबिधिकको टोलीले बाख्रामा कुनै प्रकारको परजीवी भए नभएको विषयमा प्रयोगशालामा परीक्षण गर्ने व्यवस्था समेत मिलाइएको छ । पशुपंक्षी रोग अन्वेषण प्रयोगशालाका देवीराम कडेलले भेडा बाख्राको परजीवी रोग अन्बेषण कार्यक्रम मार्फत आफुहरुले बाख्राको फिकल लिएर परीक्षण गरिने बताए । उहाँले छालाको मनुना संकलन गरेर परीक्षण गरेको बताएका छन ।