Loading... आजः सोमवार, भदौ ३१, २०८१
Trending

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु


दैलेख  :  नोभेम्वर २५ बाट सुरु हुने ‘लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान आज बाट सुरु भएको छ । लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्वता ः व्यक्ति, समाज र सबैको एक्यवद्धता भन्ने मुल नाराका साथ महिला हिंसा विरुद्धको १६ दिने अभियान को पहिलो दिन लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्वता सहित जिल्लामा विभिन्न कार्यक्रम संचालन गरिएको छ । जिल्लाका ११ स्थानीय तहमा विभिन्न कार्यक्रमको आयोजना गरी लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु गरिएको छ ।

जिल्लाको सदरमुकाम देवकोटा चोकमा दिप प्रज्वलन गर्दै म हिंसा गर्दिन भन्ने प्रतिबद्धतामा हस्ताक्षर समेत गरिएको छ ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सांसद पार्वती विशुन्केले घरेलु हिंसा, मानव बेचबिखन तथा ओसारपसार, कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार, एसिड आक्रमणका साथै बलात्कार जस्ता जघन्य हिंसा निर्मुल गर्न सबै सक्रिय हुनुुपर्ने बताएकी छिन । उनले पृतसतात्मक समाजका कारण महिला माथी हुने हिंसा बढेको भन्दै त्यसको न्युनीकरणका लागि सरोकारवाला निकाय सबै लाग्नु पर्ने बताईन ।
नारायण नगरपालिकाका उप मेयर सावित्रि मल्लले महिला माथी हुने हिंसा अन्त्यका लागि घरपरिवार, समाज, कार्यालय जस्ता ठाउँमा हुने क्रियाकलाप र राखिने सोच हिजोको दिनमा जे भएपनि अब सबैजनाले सकरात्मक सोच राख्न जरुरी रहेको बताईन । अभियानका विषयमा विभिन्न क्षेत्रका व्यक्तिहरुले आफ्नो धाराण राखेका थिए ।