Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला


जुम्ला :  जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लगाइएको ताला खुलेको छ। ४३ दिनसम्म तालावन्दी गरिएको प्रतिष्ठानमा ४३ दिनपछि आज (बुधबार) ताला खुलेको हो।
लगातार भएको वार्तामा विभिन्न बुँदामा सहमति भएपछि ताला खुलेको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका पदाधिकारी र आन्दोलनरत कर्मचारीबीच डीन नयिुक्तिको विषयमा ३ सदस्य कार्यदल गठन गर्ने साथै सो कार्यदलवाट तयार भएको प्रतिवेदन कार्यकारी परिषदमा पेश गर्ने र प्रतिष्ठानको कार्यकारी परिषद्ले आगामी सिनेट बैठकमा १ जना डीन र अन्य संकायका सहायक डीन रहने ब्यवस्था हुने निर्णय गर्ने सहमति भएको छ।

सहमतिमा प्रतिष्ठानको ललितपुरमा रहेकोे सम्पर्क कार्यालय हटाउने, प्रतिष्ठानका पदाधिकारीहरु विशेष कामबाहेक पूरा समय प्रतिष्ठानको केन्द्रीय कार्यालय जुम्लामै बस्ने पनि सहमति गरिएको आन्दोलनरत प्रतिष्ठान कर्मचारी कल्याणकारी समाजले जनाएको छ। समाजका अध्यक्ष रमाकान्त उपाध्यायल आन्दोलनका क्रममा राखिएका मागहरु प्रतिष्ठानको कार्यकारी परिषदबाट हुवहु पारित गर्ने सहमति भएको जानकारी दिएका छन्।

प्रतिष्ठानका उपकुलपति प्रा.डा राजेन्द्रराज वाग्लेले गत २६ असोजमा प्राध्यापक मुन्निराज क्षेत्रीलाई डीनमा नियुक्त गरेपछि सो को विरोधमा प्रतिष्ठान कर्मचारी कल्याणकारी समाजले २८ असोजदेखि तालाबन्दी गरेको थियो।