Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

मंगलवार सुर्खेतका एक सय एक जनामा कोरोना पुष्टि

सुर्खेत  :  सुर्खेतमा पछिल्लो २४ घण्टामा गरिएको पाँच सय ७७ जनाको परीक्षणमा एकसय ३४ जनामा कोरोना पुष्टि भएको छ । यो मध्ये एक सय एक जना कोरोना पुष्टि हुने सुर्खेतका हुन् । यो अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या हो । कर्णालीमा पछिल्लो २४ घण्टामा एक सय ८१ जनामा कोरोना पुष्टि भएको हो ।
प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा एकसय ३४, दैलेख अस्पताल प्रयोगशालामा २५, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परीक्षणमा २० जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रलायका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए ।

यस्तै, कमलबजार प्रयोगशाला अछाम र चौरजहारी रुकुमपश्चिम प्रयोगशालामा गरीएको परीक्षणमा एकरएक जनामा कोरोना पुष्टि भएकोस्वास्थ्य शिक्षा अधिकृत कंडेलले बताए ।

जिल्लागत आधारमा सुर्खेतका एकसय एक, दैलेखका ४०, कालिकोटका १५, जुम्लाका चार, हुम्ला र सल्यानका दुईरदुई, मुगु, जाजरकोट र रुकुमपश्चिमका एकरएक र अन्य प्रदेशका १४ जना छन् ।

कर्णालीमा हालसम्म कोरोना संक्रमितको कुल संख्या पाँच हजार तीनसय ५१ पुगेको छ । पछिल्लो २४ घण्टामा एकसय एक जना डिस्चार्ज भएका छन् । योसँगै कर्णालीमा कोरोना जितेर घर फर्कनेको संख्या तीन हजार नौ सय ८५ पुगेको छ । कर्णालीमा हालसम्म कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । साभार नेपाली रैवार