Loading... आजः शुक्रबार, अशोज ८, २०७८
Trending

छुट्टा छुटै दुर्घटनामा तीनको मृत्यु ,१५ घाइते

दैलेख  :  विहिबार भएको छुट्टा छुटै दुर्घटनामा तिन जनाको मृत्यु भएको छ भने १५ जना घाईते भएका छन् । सुर्खेत बाट दैलेखको चामुण्डाबिन्दासैनी नगरपालिकाको जम्बुकाध जार्दै गरेको वस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाईते भएका हुँन् ।
सुर्खेतबाट दैलेखको जम्भुकाँध जाँदै गरेको ना ३ ख ५५१९ नम्बरको बस दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएकोे दैलेख प्रहरीले जनाएको छ । मृत्यु हुँनेमा वस चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भएका ललित नेपाली रहेको दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए । बसको ब्रेकफेल भएर सडक किनारामा रोकिएको टिप्परमा ठोकिएको प्रारम्भीक अनुसन्धान बाट खुलेका छ ।

घाईतेहरुकोे स्थानीय मेडिकलमा उपचार भैरहेको श्रेष्ठले बताए ।
यस्तै दैलेखको गुराँस गाउँपालिका २ बान्द्रे भन्ने स्थानमा टिपर दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् तल्लो डुंगेश्वर देखि माथिल्लो डुंगेश्वर आउँदै गरेको बा ४ ख ६७७१ नम्बरको टिपर दुर्घटना भएको प्रहरीले जनाएको छ । टिप्पर दुर्घटनामा मुत्यु हुनेहरुको परिचय खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ ।

 तस्बिर साभार

error: Content is protected !!