Loading... आजः बिहिबार, बैशाख १३, २०८१
Trending

आगामी वर्षमा एमबीबीएसदेखि एमडीसम्मको पढाई हुने


जुम्ला  :  कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले आफ्नो शैक्षिक योजना सार्वजनिक गरेको छ । प्रतिष्ठानले दशंैको पूर्वसन्ध्यामा सरकारले एमबीबीएस विज्ञान पढाउनदेखि उच्च स्तरका जनशक्ति विषयको हालसम्मको काम र आगामी शैक्षिक कार्यक्रमको विषयमा जानकारी गराएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा निरेश थापाले सरकारले ५ सिट स्नाकोत्तर तहको अध्यापनका लागि अनुमति दिएपछि कर्णाली प्रतिष्ठानले विश्वविद्यालय स्तरको मान्यता पाएको भन्दै आगामी शैक्षिक सत्रमा एमबीबीएसको लागि तयारी भईरहेको जानकारी दिए ।

प्रतिष्ठानले २०७६ साल पुस १४ गते प्रधानमन्त्री तथा कुलपतिको अध्यक्षतामा बसेको बैठकबाट लक्षित कार्यक्रमहरु एमडि जनरल प्राटिक्स एण्ड ईमरजन्सी मेडिसिन सिट ३, एमडि एनेष्थेसिया एण्ड क्रिटिकल केयर सिट १, एमडि अर्थोपेडिक्स एण्ड ट्रमा सर्जरी सिट १, लगायतका कार्यक्रमहरु अनुमति प्राप्त भएकाले अध्ययन अध्यापनको लक्ष्य रहेको छ । यसैगरी व्याचलर अफ नर्सिङ, व्याचलर फार्मेसी, व्याचलर ईन क्लिनिकल न्यूट्रेसन सञ्चालन गरिँदैछ ।

यसैगरी, बि।सं २०७१ देखि २०७६ सम्म २६४ जना विद्यार्थी आरक्षित सिटमा भर्ना भएका छन् । हाल सम्म ५१८ जनाले स्टाफ नर्स, हेल्थ असिष्टेन्ट, डिप्लोमा फार्मेसी, व्याचलर अव पब्लिक हेल्थ, व्याचलर अफ मिडवाइमा अध्यापन गराएको जानकारी गरिएको छ । जसमा स्टाप नर्स २४० जना, हेल्थ असिष्टेन्ट १९२ जना रहेका छन् । भर्ना भएकामध्ये यसैगरी १७४ जना जनशक्ति उत्पादन जनशक्ति रहेको जानकारी गरिएको छ । यसैगरी प्रतिष्ठानले आगामी वर्षदेखि प्रमाणपत्र तहको कक्षा पढाउन कर्णाली प्राविधिक शिक्षालयलाई जिम्मा दिईसकेको र अब प्रतिष्ठानले उच्च तहको अध्यापन गराउने बताईएको छ ।

प्रतिष्ठानको जनशक्तिले कर्णालीभरी माकुराको जालो जस्तै काम गर्न थालेको छ । सो स्तरमा सेवा बढाउने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले यहाँ उत्पादित उच्चस्तरका जनशक्तिले देशभरका विभिन्न अस्पतालमा समेत अभ्यास गर्ने छन् ।