Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

एकै दिन कोरोना संक्रमणबाट थप २६ जनाले ज्यान गुमाए


काठमाडौं : पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण देशभर २६ जनाले ज्यान गुमाएका छन्। विभिन्न अस्पताल र होम आइसोलेसनमा थप २६ कोरोना संक्रमितको मृत्यु भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा डा जागेश्वर गौतमले यसबारेको जानकारी दिएका हुन्। योसँगै मृत्यु हुनेको संख्या ७ सय ९१ जना पुगेको छ। बुधबार देशभर थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै हालसम्म संक्रमित हुनेहरूको कुल संख्या एक लाख ४४ हजार ८७२ पुगेको हो।

नेपालमा हाल ४४ हजार ६७६ जना सक्रिय संक्रमित छन्। आज १४ हजार ६७६ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी २९ हजार ८०० जना होम आइसोलेसनमा छन्। पछिल्लो २४ घण्टामा २० हजार ११८ जनको पिसिआर परीक्षण गरिएको पनि प्रवक्ता गौतमले बताए।