Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

कर्णाली प्रदेशमा थप ५० जनामा कोरोना संङक्रमण पुष्टि


दैलेख :  सल्यानका २५ जनासहित कर्णालीमा ५० जनामा कोरोना पुष्टि भएको छ । प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा ३८, दैलेख अस्पतालमा ६, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी प्रयोगशालामा गरिएको परीक्षणमा तीनरतीन जनामा कोरोना पुष्टि भएको हो ।

जिल्लागत आधारमा पछिल्लो २४ घण्टामा सबैभन्दा बढी सल्यानका २५ जना रहेको सामािजक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । उनकाअनुसार संक्रमित यीमध्य १९ जना बागचौर नगरपालिका र कपुरकोटका पाँच र त्रिवेणी गाउँपालिकाका एक जना हुन् ।

यस्तै, दैलेखका सात, सुर्खेतका पाँच, रुकुमपश्चिमका तीन, जुम्लाका दुई, हम्ला र मुगुका एकरएक तथा अन्य प्रदेशका तीन जना छन् । कर्णालीमा हालसम्म कोरोना संक्रमितको कुल संख्या पाँच हजार चार सय एक पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण जितेर डिस्चार्ज हुनेको संख्या एकसय ६ जना छन् । योसँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या चार हजार ९१ पुगेको छ । कर्णालीमा हालसम्म कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको छ ।