Loading... आजः सोमवार, जेष्ठ ३, २०७८
Trending

जुम्ला–नेपालगंज–सुर्खेत सहुलियत हवाई सेवा शुरु


सुर्खेत  :  दशैको समयमा नागरिकलाई सहुलियत हवाई सेवा शुरु गरिएको छ । गो कर्णाली टुर एण्ड ट्राभल्सले कात्तिक १ गतेदेखी चार हजार एक सय रुपैयामा नेपालगंज –जुम्ला, जुम्ला –नेपालगंज अर्थात जुम्ला सुर्खेत र सुर्खेत जुम्लामा सिता एयरमा हवाई सेवा सुचारु गरिएको संचालक तथा कर्णाली पर्यटन उत्थान समितिका संयोजक ललितजंग महतले जानकारी दिए ।
उनका अनुसार जिल्ला वाहिर रहेका र जुम्लाबाट घर जाने तयारीमा रहेका व्यक्तिहरुका लागि सेवा शुरु गरिएको छ । कोरोनाबाट आक्रान्त भएका नागरिकलाई दशैको समयमा दुई चारसय सस्तो र सजिलो होस भन्ने उद्देश्यका कारण सहुलियत सेवा शुरु गरिएको संयोजक महतले जानकारी दिए । अहिले प्रति व्यक्ति रु एक हजार चार सय रुपैया यात्रुलाई अन्य जहाज भन्दा फाईदा भएको बताईएको छ ।
अर्कोतिर कर्णालीको हवाईभाडामा नागरिकले धेरै पैसा फाल्नु पर्ने वाध्यता कम गरि आन्तरिक पर्यटन बढाउदै जानुपर्ने कर्णालीले सहुलियत पाउन भन्ने दृष्टिकोणले यो सेवा सौलियत गरिएको छ । उनका अनुसार यो सेवाका लागि सिता र गो कर्णाली विच सम्झौता भएको छ ।

error: Content is protected !!