Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

दुई अध्यक्ष बिच सहमति नभए पछि मन्त्रीपरिषद पुर्नगठनमा ढिलाई

काठमाडौँ  :  नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच ठोस सहमति नभएपछि तत्कालका लागि मन्त्रिपरिषद पुर्नगठन ढिलाई हुने भएको छ ।
मन्त्री चयनका लागि अध्यक्षद्वयले ठोस मापदण्ड बनाउन नसकेपछि तत्कालका लागि मन्त्रिपरिषद् पुनर्गठन टरेको छ । भदौ २६ गते सकिएको स्थायी कमिटी बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्न म्याण्डेट दिएको थियो ।

त्यसपछि असोज ४ गते बसेको सचिवालय बैठकले अध्यक्षद्वयलाई मन्त्रिपरिषद् पुनर्गठनका लागि ठोस मापदण्ड तय गर्ने जिम्मेवारी दियो । तर अध्यक्षद्वयबीच मन्त्रिपरिषद् पुनर्गठन गर्ने भन्ने बारेमा पटक–पटक छलफल भएपनि मापदण्डमा कुरा नमिल्दा मन्त्री हेरफर तत्काल नहुने भएको हो ।

मन्त्रिपरिषद् पुनगर्ठनका लागि मापदण्ड तय नभएपनि रिक्त रहेका तीनवटा मन्त्रालयमा भने तत्कालै मन्त्री नियुक्त गर्न अध्यक्षद्वय सहमत छन् । ओली र दाहालबीच अर्थ, सूचना तथा सञ्चार र शहरी विकास मन्त्रालयमा एकदुई दिनभित्रै मन्त्री नियुक्त गर्ने सैद्धान्तिक सहमति भएको बताइएको छ । तर कुन मन्त्रालय कसले लिने भन्नेमा भने मतभेद कायमै रहेको दुवै अध्यक्षका निकट नेताहरुले बताएका छन् ।