Loading... आजः आइतवार, फाल्गुन २३, २०७७
Trending

जीप दुर्घटना ,१२ जना घाइते

तस्बिर /गोरखापत्र

बैतडी  :   बैतडीको पञ्चेश्वर गाँउपालिकामा जीप दुर्घटना परी १२ जना घाइते भएका छन् । घाइतेहरु उद्धारपछि स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि डडेल्धुरा अस्पताल रेफर गरिएको छ । शुक्रबार बिहान १०ः२० पञ्चेश्वर गाउँपालिका–४ आमचौराबाट कुलाउका लागि छुटेकोे से १ ज ८८८ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको थियो । जीपमा गाउँपालिका कर्मचारीसहित १२ जना सवार थिए । घाईतेको अवस्था खतरामुक्त रहेको स्थानीय कुलाउ स्वास्थ्य चौकीले जानकारी दिएको छ ।

डडेल्धुरा रेफर गरिएका घाइतेमा पञ्चेश्वर गाउँपालिका –४, आमचौरा बस्ने वर्ष ४५ का बलवीर सार्की ९कान र खुट्टामा चोट० वर्ष ४० का मदन सार्की९मुखमा चोट० वर्ष २८ का प्रेम सार्की ९टाउकोमा चोट० वर्ष ६२ का बहादुर राम सार्की ९ हातमा चोट० वर्ष २६ का अर्जुन सार्की९ आँखामा चोट० वर्ष ६६ का रामी राम सार्की ९दुईटै खुट्टामा चोट० वर्ष २८ का राजेन्द्र सार्की९बाँया हात र कम्मरमा चोट० वर्ष २७ को राईजन राम सार्की९ हात र आंखामा चोट० वर्ष ३१ को सुरेश राम सार्की९हात र कम्मरमा चोट० वर्ष २८ को सुरेश सार्की९ कम्मरमा चोट० लोगेको प्रहरीले जानकारी दिएको छ ।
घाईतेहरूलाई घट्नास्थलबाट उद्धार गरी सबैको स्थानीय स्वास्थ्य चौकी आमचौरामा सामान्य उपचारपश्चात थप उपचारका लागि शुक्रबार १२ः०० बजे डडेल्धुरा अस्पताल रेफर गरेको प्रहरीले जानकारी दिएको छ । घाइते सबै खतरामुक्त रहेको स्थानीय स्वास्थ्य चौकीले जानकारी दिएको छ ।

error: Content is protected !!