Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

नेपालमा कोरोना संङक्रमितको संख्या एक लाख नाघ्यो

काठमाण्डौँ :  नेपालमा कोरोना संङक्रमितको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा दुई हजार ५९ जनामा कोरोना संङक्रमण पुष्टि भए संगै नेपालमा कोरोना संङक्रमितको संख्या एक लाख ६७६ पुगेको छ । पछिल्लो चौबीस घण्टामा १३ हजार २७९ वटा नमूनाको परीक्षण गरिएकोमा सो संख्यामा सङ्क्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्ममा हाल २७ हजार ५३ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जानकारी दिएको छ । सोही संख्यामा होम र संस्थागत आइसोलेसनमा बसेका छन् । क्वारेन्टिनमा चार हजार ७०३ छन् । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार ६८० जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको बताएको छ । हालसम्म ७३ हजार २३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

पछिल्लो चौबीस घण्टामा १० जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको छ । योसँगै नेपालमा कुल छसय जनाको मृत्यु भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।