Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ

CPN-UML Chairman KP Sharma Oli addresses a mass assembly during the on-going Mechi-Mahakali Campaign at Nepalgunj of Banke district, on Tuesday, March 14, 2017. Photo: RSS

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका चार जना सदस्यलाई शनिबार कोरोना संक्रमण देखिए पनि उनको कोरोना परीक्षण प्रतिवेदन नेगेटिभ आएको छ । प्रधानमन्त्री ओलीको गत बुधबार स्वाव संकलन गरिएको थियो । प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईका अनुसार प्रधानमन्त्री ओलीको बुधबार स्वाव संकलन गरी विहिबार रिपोर्ट आएको थियो । फेरि स्वाव संकलन गरिएको छैन ।

सचिवालयका सदस्यहरुमा कोरोना पोजेटिभ देखिएपछि उहाँको सुरक्षा सतर्कतामा ध्यान दिइएको सञ्चारविज्ञ बजगाईले बताए ।  यसअघि प्रधानमन्त्रीको सुरक्षार्थ खटिएका केही सुरक्षाकर्मीमा समेत कोरोना संक्रमण देखिएपछि सचिवालयका सदस्यहरुको परीक्षणका लागि स्वाव संकलन गरिएको थियो ।