Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

पच्चीस वर्षदेखि बन्द पाटन विमानस्थलमा उड्यो चिलगाडी


गोकर्ण दयाल :  विगत २५ वर्षदेखि बन्द रहेको बैतडीको पाटन विमानस्थल कालोपत्रपछि परीक्षण उडान भएको छ । शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले परीक्षण उडान सुरु गरेका हुन ।
सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट मन्त्री भट्टराईले समिट एयरबाट डोटी, बझाङ र बैतडीको पाटन विमानस्थलको परीक्षण उडान गरेका थिए ।
परीक्षण गडान गर्न बैतडीको पाटन विमानस्थलमा ओर्लिएका मन्त्री भट्टराईले २९ वर्षअघि बैतडी आउँदा पाटन विमानस्थलमा गिद्धले ठोकिएको विमान रोकिएको देखेको स्मरण गरे । आफू दुईदिन गाडीको यात्रा गरेर विद्यार्थी संगठन विस्तार गर्न बैतडी पुगेको मन्त्री भट्टराईले स्मरण गर्दै आज मन्त्रीका रुपमा पाटन विमानस्थलको धावनमार्गमा परीक्षण उडान गर्न आईपुगेको बताउए ।
२०३६ सालदेखि २०५२ सालसम्म नियमित उडान हुने पाटन विमानस्थल द्वन्द्वका बेला संरचना ध्वस्त भएपछि २०५२ देखि बन्द रहेको थियो ।
२० मिटर चौडाई र ५८० मिटर लम्बाई रहेको विमानस्थल तीनवर्षअघि देखि पुनःनिर्माणको काम सुरु भएको थियो । विमानस्थल कालोपत्र ११ करोड खर्च भएको छ । साभार गोरखापत्र