Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

दुई हजार १२० थपिए, सङ्क्रमित संख्या ८४ हजार ५७० पुग्यो

काठमाडौं :   नेपालमा कोरोना भाइरसका दुई हजार १२० जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२ हजार ९७८ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा १२ हजार ९७८ जनाको आरटी पीसीआर परीक्षण गरिएकोमा दुई हजार १२० जनामा सङ्क्रमणको पुष्टि भएको छ ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा दुई हजार ४४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका जनाएको छ। हालसम्म ६२ हजार ७४० सङ्क्रमित निको भएर घर फर्केका छन् । त्यसैगरी, पछिल्लो चौबीस घण्टामा आठ जना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ५२८ पुगेको छ ।