Loading... आजः आइतवार, असार २१, २०८३
Trending

प्रदेश प्रमुख कलौनीलाई कोरोना संक्रमण पुष्टि

सुर्खेत : कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । प्रदेश प्रमुखको नीजि सचिवालयलय एक विज्ञप्ती जारी गर्दै कलौनीलाई कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

कार्यालयमा कार्यरत केही कर्मचारीहरुमा कोभिड–१९ को लक्षण देखिएकोमा परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो। प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिवले जारी गरेको विज्ञप्तीमा भनिएको छ, कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ अनुरुप प्रदेश प्रमुखको पीसीआर परीक्षण गर्दा उहाँलाई पनि कोरोना संक्रमणको पुष्टि भएको छ ।’ कलौनीको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी हाल होम आइसोलेसमा रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।