Loading... आजः सोमवार, मंसिर १७, २०८१
Trending

कर्णालीमा १०५ जनामा कोरोना पुष्टि, १०३ जना डिस्चार्ज


दैलेख  : कर्णालीमा थप १०५ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश अस्पताल पशुपंन्छी रोग अन्वेषण प्रयोगशालामा ५५, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ४६ र दैलेख अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक गरी १०५ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना पुष्टि हुनेमा ट्राभल्स हिस्टी नखुलेका १६, कन्ट्याक्ट ट्रेसिङ १५, कर्मचारी ९, विद्यार्थी ६, क्यारेन्टाइनमा बसेका ९, सशस्त्र प्रहरी तीन, प्रदेश प्रमुख रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए । उनकाअनुसार पत्रकार, मजदुर, म्यानेजर, प्रहरी लयागत छन् ।

यीमध्य जिल्लागत आधारमा सुर्खेतका ३८, जुम्लाका २१, कालिकोटका १३, दैलेखका १०, सल्यानका सात, मुगुका २ र अन्य प्रदेशका १४ जना छन् । यो सँगै कर्णालीमा कोरोना संक्रमितको संख्या तीन हजार ६ सय ५६ पुगेको छ । पछिल्लो २४ घण्टामा १०३ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । कर्णालीमा डिस्चार्ज हुनेको कुल संख्या तीन हजार ४२ पुगेको छ ।