Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

गुराँस गाउँपालिकाको कार्यालय एक हप्ताका लागि सिल

दैलेख :  गाउँपालिकामा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भए पछि दैलेखको गुरास गाउँ कार्यपालिकालाई एक हप्ताका लागि सिल गरीएको छ । गाउँपालीकाले बिज्ञप्ती जारी गर्दै गाउँपालिकाका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भए पछि एक हप्ताकालि पालिका सिल गरिएको जनाएको छ । बिज्ञप्तीमा भनिएको छ आसोज १६ देखि २२ सम्मका लागि गाउँ कार्यपालिकाको कार्यालय सिल गरिएको छ ।
११ वटा स्थानिय तह रहेको दैलेखमा हाल सम्म १ हजार १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपचार पछि डिस्चार्ज हुनेको संख्या १ हजार १ सय ४ रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फानेकल पर्सन थिरप्रसाद रेग्मिले जानकारी दिए ।