Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

विद्यार्थीको विषयलाइ लिएर शिक्षकहरुविच झडप

दैलेख  : दैलेखमा दुई विद्यालयका शिक्षकहरुविच झडप भएको छ । नारायण नगरपालिका–६ रामपुरमा विद्यार्थीको विषयमा दुई विद्यालयका शिक्षकहरुविच झडप भएको हो ।

विगतमा दैलेख मोडेल स्कुलमा अध्ययन गर्ने विद्यार्थी फुलवारी विद्या मन्दिरमा अध्ययन गर्न गएको र पुनः मोडेल स्कुलमा गएपछि शिक्षकहरुविच झडप भएको प्रहरीले जनाएको छ । ‘घटना ठूलो हुन सक्ने भएकाले तत्काल प्रहरी गएर उहाँहरुलाई छलफलका प्रहरी कार्यालय ल्याएका छौं’ जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक उपेन्द्र आचार्यले भने, ‘उहाँहरुविच भना भन भएपछि अप्रिय घटना नहोस् भनेर प्रहरी पुगेर अहिले दुवै पक्षविच छलफल भइरहेको छ ।’ दुबै पक्षबाट बुझ्दा मोडेलका विद्यार्थी फुलबारी अध्ययन गर्न गएको र पुनः मोडेलमा आएपछि शिक्षकहरुविच भनाभन भएको प्रहरी निरीक्षक आचार्यले बताए ।साभार मातृभुमी अनलाईन