Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

देशभर दुई हजार ७२२ सङ्क्रमित थपिए

काठमाडौँ :  नेपालमा कोरोना भाइरसका दुई हजार ७२२ थपिएका छन् । पछिल्लो २४ घण्टामा १४ हजार ७३९ वटा आरटी पीसीआर परीक्षणमा यो संख्यामा सङ्क्रमित थपिएका हुन् । योसँगै नेपालमा कुल आरटी पीसीआर परीक्षण दश लाख ४८ हजार ६८६ पुगेको छ । मन्त्रालयले दैनिक प्रेस ब्रिफिङका क्रममा नेपालमा २१ हजार २३४ जना सक्रिय सङ्क्रमित रहेको जनाएको छ । थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ८२ हजार ४५० पुगेको छ ।

त्यस्तै पछिल्लो चौबीस घण्टामा तीन हजार ३०७ जना कोरोनाभाइरस सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ६० हजार ६९६ जना सङ्क्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोनाबाट संक्रमणमुक्त हुने ७३ः६३ प्रतिशत पुगेको छ ।