Loading... आजः बिहिबार, बैशाख २३, २०७८
Trending

कर्णाली प्रदेशमामा ८६ जना कोरोना संक्रमित थपिए


सुर्खेत :  कर्णालीमा थप ८६ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश अस्पताल/पशुपंन्छी रोग अन्वेषण प्रयोगशालामा ७७ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको परीक्षणमा ९ गरी ८६ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना पुष्टि हुनेमा कन्ट्याक्ट ट्रेसिङमा परेका १९, स्वास्थ्यकर्मी १२, कर्मचारी ८, क्वारेन्टाइनमा रहेका ६, सशस्त्र प्रहरी ५, एयरलाइन्स कर्मचारी चार, प्रहरी तीन, विरामी र शिक्षक दुई÷दुई जना छन् । अन्य भने कृषक, अटोचालक, इन्जिनियर, थुनुवा, लगायत रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए ।

उनका अनुसार यीमध्य जिल्लागत आधारमा सुर्खेतका ५३,जुम्लाका ७, दैलेखका ६, कालीकोटका चार, जाजरकोटका २ र अन्य प्रदेशका १४ जना छन् । यो सँगै कर्णालीमा कोरोना संक्रमितको कुल संख्या तीन हजार सात सय २९ पुगेको छ ।

error: Content is protected !!