Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

देशभर थपिए १९ सय ११ कोरोना संक्रमित, डिस्चार्ज घटे

काठमाडौं :  पछिल्लो २४ घण्टायता देशभर १ हजार ९ सय ११ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले बताएअनुसार आज देशभरबाट ९ सय ६१ संक्रमित डिस्चार्ज भएका छन्।

उनले दिएको जानकारी अनुसार पिसिआर १२ हजार ४ सय ४४ रहेको छन । सरकारले देशव्यापी लकडाउन र निषेधाज्ञा लागू गरे पनि कोरोना संक्रमित संख्या भने घट्नुको साटो बढिरहेको छ। सरकारले संक्रिय संक्रमित संख्या बढ्दै गए देशमा फेरि लकडाउन गर्ने बताएको छ।