Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

कोरोना सङ्क्रमित चिकित्सकको निधन

सुर्खेत :  कर्णाली प्रदेश अस्पतालमा कार्यरत डाक्टर हरी सापकोटाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । अस्पतालका चिफ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा सापकोटाको उपचारको क्रममा नेपालगञ्जमा बिहीबार दिउँसो मृत्यु भएको हो ।बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुमवांगका अनुसार कोरोना संक्रमितको उपचारमा खटिएका भेरी अस्पतालका वरिष्ठ चिकित्सक डा सापकोटाको कोरोनाकै कारण विहीबार दिउँसो मृत्यु भएको हो ।

प्रजिअ कुरुमवांगले संक्रमित भएपछि भेरी विशेष कोरोना अस्पतालमा उपचार भैरहेकोमा सापकोटाको मृत्यु भएको बताए । डा सापकोटासंगै बाँकेमा विहिबार एकै दिन तीन जनाको मृत्यु भएको छ । यसअघि विहीबार विहान नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत दुई जना संक्रमितको मृत्यु भएको थियो ।
विहान कोरोनाबाट निधन हुनेहरुमा नेपालगञ्ज उपमहानगरपालिका–४ का ५२ बर्षीय पुरुष र सुर्खेत भेरीगंगा नगरपालिका–८ का ७५ बर्षीया महिला रहेका छन

चिकित्सकसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ भने अन्य जिल्लाबाट आएर भर्ना भएर उपचारका क्रममा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
स्वास्थ्य कार्यालयका अनुसार बाँकेमा हालसम्म १ हजार ९१३ जना संक्रमित भेटिएकोमा १ हजार ५४२ जना निको भएर घर फर्किएका छन भने ३५४ जनाको अझै विभिन्न आइसोलेसनमा उपचार भैरहेको छ । ती मध्ये १८ जनाको मृत्यु समेत भएको सो कार्यालयले जनाएको छ ।