Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

आफु अनुकूलको पात्र नहुँदा मुख्यमन्त्रीले रोके खेलकुद बिकाश समिति गठन प्रक्रिया

दैलेखः कर्णाली प्रदेश सरकारले यश क्षेत्रमा खेलकुद पूर्वाधार बिकाश , खेलाडीहरुलाई प्रशिक्षण र प्रतियोगिता संचालन गरि योग्यताको मापन गर्न, योग्य खेलाडीहरुलाई प्रोत्साहन र थप प्रतिभा पहिचाहन गरि स्वास्थ्य , बिकाश ,अनुशासन र गतिशीलताका लागि खेलकुद भन्ने अभियान संचालन गर्न प्रदेश खेलकुद बिकाश समिति गठनका लागि ऐन निर्माण गरेको छ । सामाजिक बिकाश मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले स्नातक तह उत्तिर्ण भई खेलकुदको क्षेत्रमा योगदान गरेका एकजनालाई सदस्य सचिवमा नियुक्त गर्ने ऐनमा व्यवस्था रहेको छ।

परिषदको गठनका लागि सामाजिक विकास मन्त्रालयले मन्त्रालयका तत्कालीन निमित्त सचिव विष्णुप्रसाद अधिकारीको संयोजकत्वमा विश्वप्रशिद्ध धावक हरिबहादुर रोकाया र भलिबलका राष्ट्रिय खेलाडी चन्द्रकुमार गिरी सदस्य रहेको तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो। उक्त समितिले सामाजिक विकास मन्त्रालयसँग समन्वय गरि २०७६ फाल्गुनमा सोही योग्यताभित्र पर्ने खेल क्षेत्रमा अनुभव र योगदान गरेका युवाहरुको सूची संकलन गरेको थियो।

कर्णाली प्रदेशका दशै जिल्लाबाट संकलित दुई दर्जन बढी व्यक्ति मध्ये दश जनाको नाम छोटो सुचि तयार गरि ती दस जना मध्यबाट योग्यता , अनुभव ,निरन्तरता र आवश्यकताको आधारमा तिन जनाको छोटो सुचि तयार पारि गत चैत्र महिनाको पहिलो सातामा नै मन्त्रालयमा पठाईसकेको सिफारिस समितीका एक सदस्य सुर्खेतका चन्द्रकुमार गिरीले हामीलाई जानकारी दिएका छन । उनका अनुसार सामाजिक बिकाश मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले सिफारिस गरीएका रबिन्द्र चन्द ,ऋिषि गिरी र घनश्याम पाण्डे मध्य एकजनालाई सदस्य सचिवमा नियुक्त गर्ने ऐनमा व्यवस्था रहेको छ।

गत सालको चैत्रमा नै सिफारिस समितीले मन्त्रालयमा आफ्नो सिफारिसको प्रतिवेदन बुझाए पनि छ महिना सम्म पनि कर्णाली प्रदेश सरकारले यस क्षेत्रको खेलकुदको कार्यकारी निकाय खेलकुद बिकास परिषद गठन र सदस्य सचिव नियुक्त गरेको छैन।जसले गर्दा खेलकुद गतिविधि शून्य प्राय मात्र छैन अस्तब्यस्त छ। दशौ राष्ट्रिय खेलकुदको पुर्वाधार निर्माणमा मेरुदण्ड मानिएको सुर्खेत रंगशालाको काम अगाडि बढेको छैन भने उक्त रंगशालाको फाउन्डेसनको बोलपत्र आब्हान दुई पटक सम्म रद्ध भैसकेकोछ। जसबाट प्रदेशमा रहेका खेलाडी , प्रशिक्षक र पुर्व खेलाडी मात्र होईन सबै निराश बनिरहेकाछन।

श्रोतहरुको गरेको दावी अनुसार खेलकुद बिकास परिषद गठन बिलम्ब हुनुका कारण नेकपामा देखा परेको गुटबन्दी, अनि भेगिएताको राजनिती र केही आर्थिक चलखेल पनि रहेके पाइएको छ । सिफारिस भएका गिरी र पाण्डे खेलप्रेमी, खेलाडी र अनुभवी राजनितीज्ञ मात्र होईनन पार्टीका संस्थापन प्रधानमन्त्री ओली पक्षका जवरजस्त सदस्यहरु हुन भने चन्द खेलाडी भए पनि नेकपा कै होईनन।

जसबाट मुख्यमन्त्री आफ्नो पक्षधरको खोजि गरिरहेका छन र सिफारिसमा आफ्नो पक्षधरता नदेखिए पछि असन्तुष्ट छन।भुगोलका दृष्टिकोणले पनि सिफारिस तिनैजना पुरानो कर्णालीका परेका छैनन। जसबाट यहाँको संस्थापन खुशी देखिदैन। मुख्यमन्त्रीले कालिकोटका आफु निकट बिस्वास पात्र बिश्वामित्र संज्यालको नाम पनि सिफारिसमा राख्न पटक पटक दबाब दिईरहेको श्रोतले जानकारी दिएको छ । संज्याल मुख्यमन्त्रीको बिस्वास पात्र मात्र होईनन एक कार्यकाल राष्ट्रिय खेलकुद परिषदका ईन्जिनियर हुदा काठमाडौ र सुर्खेत दुबै ठाउमा एकै पटक महल ठड्याउने पात्र हुन।

जसबाट आर्थिक सेटिङ गर्न सजिलो हुनेछ। उनको नाम सिफारिसमा नपरे पछि सबै प्रकृया पुगे पनि खेलकुद बिकाश परिषद र सदस्य सचिव नियुक्ति रोकि रहेको छ। त्यसै गरि एकतापछि पार्टी केन्द्रीय सदस्य बनेका पुर्व एमालेका एक केन्द्रीय सदस्य र पुर्वमाओवादी समुहका एक केन्द्रीय सदस्य समेत सिफारिस भएका मध्य एकजनासँग काठमाडौका स्तरिय रेष्टुरेन्ट र सुर्खेतका तारे भनेर चिनिएका ठुला होटलमा बारबार सँगै बसेको सुर्खेत र काठमाडौमा शक्ति केन्द्र धाएको र मुख्यमन्त्री कार्यलय र सामाजिक बिकास मन्त्रालय भन्दा फरक र यो सबै प्रकृयामा सामेल नै नभएका एक मन्त्रीको समेत भोज भतेरमा संलग्नता देखिएपछि पनि यो प्रकृया थप जटिल र रहस्यमय बनेकोछ र लम्बिदै गईरहेकोछ।