Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

भैरवी गाउँपालिकामा प्रहरी चौकीको उद्दघाटन

दैलेख :  जिल्लाको भैरबी गाउँपालिकामा प्रहरी चौकी उद्घाटन गरिएको छ । भैरबी गाउँपालिका–४ स्थित गाउँपालिकाको कार्यालय नजिकै प्रहरी चौकी स्थापना गरिएको हो । सोमवार दैलेखका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार, गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले प्रहरी चौकी उद्घाटन गरेका हुन् ।

गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारको प्रमुख आतिथ्यतामा भएको प्रहरी चौकी उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष पदमकुमारी बिस्ट, प्रहरी नायब उपरिक्षक ९डिएसपी० अनुपम श्रेष्ठ, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगाली, इन्जिनियर हीरासिंह थापा लगाएत गाउँपालिकाका जनप्रतिनीधि, राजनीतिक दलका प्रमुख प्रतिनीधिहरु उपस्थित थिए ।

प्रहरी चौकी स्थापना भएसँगै समग्र भैरबी गाउँपालिकामा शान्ति, सुरक्षा, अमनचयन कायम गर्न सहज हुने बताईएको छ ।