Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

कर्णालीमा १९ जना सशस्त्र प्रहरीसहित ३३ जनामा कोरोना पुष्टि

दैलेख :  कर्णालीमा १९ जना सशस्त्र प्रहरीसहित ३३ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा ३१, जुम्ला र चौरजहारीमा गरिएको परीक्षणमा एक÷एक जनामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेमा १९ जना महेश्वरी बाहिनीका सशस्त्र प्रहरी रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए ।

उनकाअनुसार निजामति कर्मचारी तीन जना, स्वास्थ्यकर्मी दुई जना स्वास्थ्यकर्मी, फर्निचर व्यवसायी, जनप्रतिनिधि, बैंक कर्मचारी र विद्यार्थी एक÷एक जना छन् । पुष्टि हुनेमध्ये सुर्खेतका २०, जाजरकोट, दैलेख, जुम्ला, रुकुमपश्चिमका दुईरदु्ई जना, कालिकोटका एक र अन्य प्रदेशका तीन जना छन् ।

नयाँ पुष्टि भएकासँगै कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या तीन हजार चारसय ४२ पुगेको छ । पछिल्लो २४ घण्टामा १५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको कुल संख्या दुई हजार आठ सय ४२ जना छन् ।