Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

बढ्दै संङक्रमणको ग्राफ,थपिए १३ सय ५१ जना

 

काठमाडौं  : देशभर पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५१ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले बताएअनुसार ७ सय ४२ संक्रमित कोरोनामुक्त भएका छन्। पछिल्लो पिसिआर १० हजार ८० भएको उनले बताए। साथै हाल देशभरका संस्थागत आइसोलेसनमा ८ हजार ६ सय ९५ संक्रमित छन्। हाल देशभर १९ हजार ६ सय २४ सक्रिय संक्रमित रहेका पनि उनले बताए।नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट थप २ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ महिला र २ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो। आज सुनसरीमा ३८ वर्षीया र भक्तपुरमा ५१ वर्षीया महिलाको मृत्यु भएको छ। यस्तै बाँकेमा ४७ वर्षीय र गुल्मीमा ३४ वर्षीय महिलाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ८१ पुगेको छ।

पछिल्लो २४ घण्टामा नेपालमा १३ सय ५१ जनामा कोरोना संक्रमण देखिएको छ। १० हजार ८० पीसीआर परीक्षण भएकोमा ४ सय ३६ महिला र ९ सय १५ जना पुरुषमा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।