Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

शनिवार कर्णाली प्रदेशमा नौ जनामा कोरोना संङक्रमण

दैलेख  :  कर्णाली प्रदेशमा शनिवार थप नौ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र दैलेख अस्पतालमा गरिएको परीक्षणमा नौ जनामा कोरोना पुष्टी भएको हो । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या दुईहवार ५९८ पुगेको छ ।शनिवार पुष्टि हुनेमा जाजरकोट भेरी नगरपापालिका दुई, छेडागाड नगरपालिकाका एक, सल्यान छत्रेश्वरी गाउँपालिका र सुर्खेत वीरेन्द्रनगरका एकरएक जना छन् ।

यस्तै बाँके नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुरका एक/एक र दैलेख नारायण नगरपालिकाका एकरएक जना छन् रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए । संक्रमित नौ जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेकाले आइसोलेशनमा लैजाने तयारी भएको जनाए ।पछिल्लो २४ घण्टामा कोभिड–१९ निको भई घर जानेको संख्या ४२ रहेको छ । योसँगै डिस्चार्ज हुनेको संख्या दुईहजार २८१ जना छन् । कर्णालीमा संक्रिय विरामीको ३११ जना छन् ।