Loading... आजः सोमवार, जेष्ठ ३, २०७८
Trending

हुम्लाका अग्नी पीडितलाई राहत


दैलेख  : हुम्लाको सर्केगाड–७ ठूला गाउँका अग्नी पीडितलाई प्रदेश सरकारले राहत सामग्री पु¥याएको छ । सामाजिक विकास मन्त्री दल रावलको गृह जिल्ला समेत रहेका अग्नी पीडितलाई नेपाली सेनाको हेलिकोप्टरबाट राहत सामग्री पु¥याइएको हो । आगलागी भएको चारदिन पछि मन्त्री रावलले स्थलगत अवलोकन समेत गरेका छन् ।

मन्त्री रावलले त्रिपाल २० थान, कम्बल एकसय थान, म्याट ८० थान, हाइजिन किट २५ थान, प्लाष्टीक बाल्टी र जग २५÷२५ थान, भाडा सेट सात थान, चामल ४० बोरो, दाल एकसय केजी, नुन ५० केजी र कपडा ४६ थान लगेको सामाजिक मन्त्री रावलले जानकारी दिए ।
बुधबार साँझ स्थानीय जोखे जैशीको घरबाट शुरु भएको आगोले बामनबाडाका १५ घरमा क्षती भएको छ । तत्काल खान र बस्न समइा भएकाहरुका लागि स्थानीय सर्केघाड गाउँपालिकाले बिहिबार राहत प्रति घर १२ हजारको दरले राहत वितरण गरेको सर्केघाड १ का वडा अध्यक्ष गोकुल बुढाले जानकारी दिए ।

error: Content is protected !!