Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

देशभर थपिए १ हजार ४१ जना कोरोना संक्रमित

१ हजार ५ सय ६६ जना डिस्चार्ज

काठमाडौँ :  देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पछिल्लो २४ घण्टामा देशभर १ हजार ४१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभर १ हजार ४१ जना कोरोना संक्रमित थपिदा १ हजार ५ सय ६६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यो संगै संक्रमितको संख्या ४५ हजार २ सय ७७ पुगेको छ ।