Loading... आजः सोमवार, भदौ ३१, २०८१
Trending

दैलेखमा कोरोनाका ३२ सक्रिय बिरामी

..

दैलेख  :  दैलेख अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा दुई जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । संङक्रमण पुष्टि हुने मध्ये नारायण नगरपालिका १ का ३५ वर्षिय महिला र वडा नः ८ का ३२ वर्षिय पूरुष रहेका छन । गत जेठ महिनामा पहिलो पटक कर्णाली प्रदेशको आठविस नगरपालिका वडा नः १ सात्तलाका ३५ वर्षीय युवकमा देखिएको कोरोना तीन महिना १५ दिनको अवधिमा १ हजार १०७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

जिल्लाका ११ स्थानीय तह मध्ये सबै भन्दा बढी नारायण नगरपालिकामा ३६५ जना,दुल्लु नगरपालिकामा १५१ जना,चामुण्डाबिन्द्रासैनी नगरपालिकामा १७ जना,आठबिस नगरपालिकामा ५२ जना,ठाटिकाँध गाउँपालिकामा २१ जना ,भैरवी गाउँपालिकामा २१ जना,महावु गाउँपालिकामा १८९ जना,नौमुले गाउँपालिकामा १५१ जना,भगवतिमाई गाउँपालिकामा १६ जना डुगेश्वर गाउँपालिकामा ७७ जना,गुराँस गाउँपालिकामा १३ जना गरी १ हजार ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जानकारी दिएको छ ।

स्वास्थ्य सेवा कार्यालय दैलेखका तथ्याङ्क अधिकृत मोतिराम रोकायले जिल्लामा १ हजार ७३ जनामा कोरोना संङक्रमण भए पनि शनिवार १ हजार ४१ जनाले कोरोना जितेर घर फर्केको र तीन जनाको मृत्यु भएको बताए । उनले जिल्ला अस्पतालमा निर्माण भएको आइसोलेसन सेन्टरमा २५ जना र ७ जना होमआइसोलेसनमै बसेर उपचार भइरहेको जानकारी दिए ।

पछिल्लो समय पिसिआर परीक्षणको मात्र बढाए सँगै कोरोना सङ्क्रमणको रिर्पोट आउने र सङ्क्रमण बढ्ने खतरा कम भएका कारण पनि दैलेखमा कोरोना सङ्क्रमणको दर कम भएको बताइएको छ । दैलेखमा कोरोना सङ्क्रमण बाट तीन जनाको मृत्यु भइसकेको छ ।