Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

नागरिकको स्वास्थ्य पहिलो प्रथामिकता :  नगर प्रमुख खड्का

दैलेख  :  नारायण नगरपालिका दैलेखका नगर प्रमुख रत्नबहादुर खड्काले नागरिकको स्वास्थ्यलाई पहिलो प्रथामिकतामा राखेर काम गर्नु पर्ने बताएका छन । नारायण नगरपालिका स्वास्थ्य शाखाको वार्षिक प्रगति समिक्षा कार्यक्रमा बोल्दै उनँले उक्त कुरा बताएका हुन । उनले कोरोना महामारीमा समेत आफ्नो स्वास्थ्यको प्रवाह नगरी जनताको स्वास्थ्य प्रति सम्बेदनशिल भएर काम गर्ने स्वाथ्यकर्मीलाई धन्यबाद दिदै आगामी दिनमा समेत स्वास्थ्य सेवा लाई प्रभावकारी बनाउन आग्रह गरेका छन ।

उनले नगरपालिकाले महिला तथा बालबालिकाको स्वास्थ्यमा सुधार गर्नका लागि गर्भवति महिला संग उपमेयर कार्यक्रम, असल आमाा प्रोत्साहन कार्यक्रम,गर्भवतिमाई क्याल्सीयम चक्की निशुल्क वितरण ,पोषण सुधारका पोषण कोशेली कार्यक्रम संचालन गरिरहेको बताए ।
दुई दिन सम्म चलेको समिक्षा कार्यक्रममा नारायण नगरपालिकाका विभिन्न स्वास्थ्य सस्था बाट प्रवाह गरेका सेवा सुबिधा र त्यसको प्रभावकारीताका विषयमा छलफल गरिएको स्वास्थ्य शाखा प्रमुख नगेन्द्र हमालले जानकारी दिए । उनले स्थानीय स्तरमा रहेका स्वास्थ्यका नीति तथा रणनिति विकास गर्नका समिक्षा कार्यक्रमले सहयोग पुग्ने बताए । उनका अनुसार नगरपालिकाका स्वास्थ्य संस्था आर्थिक वर्ष ०७६÷०७७ मा जम्मा बाट ३२ हजार ३०४ जना सेवा ग्राहीले सेवा लिएका छन ।

उनले जातीगत रुपमा दलित ४० प्रतिशत,जनजाती ६.५१ प्रतिशत,मुस्लिम ०.००३६ प्रतिशत,मधेशी०.०१प्रतिशत र र ब्रामण र क्षेत्री ४३.५१ प्रतिशत र ठकुरी तथा सन्यासी जातीले ८.६) प्रतिशतले सेवा लिएको तथ्याङकमा उल्लेखगरिएको छ । स्वास्थ्य शाखा प्रमुखका अनुसार सेवा लिएका मध्ये सबै भन्दा स्वास्प्रस्वाश सम्बधी सेवा लिएका बिरामीहरु रहेका छन । आगमी दिनमा लक्ष्य अनुसार प्रगति कम भएका कार्यक्रमहरुलाई बिशेष प्रथामिकतामा राखी कार्यक्रम संचालन गरिने बताइएको छ ।