Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

कर्मचारीमा कोरोना संङक्रमण,मन्त्रीनै होम आइसोलेसनमा


सुर्खेत  :  कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पृष्टी भएपछि मन्त्रालयद्धारा प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ ।

मन्त्रालयमा कार्यरत एक कार्यालय सहयोगी, तीन सशस्त्र प्रहरी, ड्राईभर र एक नेपाल प्रहरी गरी ६ जनामा कोरोना देखिएपछि मन्त्रालय बन्द गरिएको हो । सात दिनपछि बाँकी कर्मचारीहरूको स्वाब लिएर रिपोर्ट आएपछि मात्रै मन्त्रालयको काम सुचारू गरिने मन्त्रालयका प्रवक्ता तुल खड्काले जानकारी दिए ।

मन्त्रालयका अत्यावश्यक काम बाहेक अन्य सेवाहरू बन्द गरिएको खड्काको भनाइ छ । मन्त्रालयमै कार्यरत कर्मचारीमा कोरोना देखिएपछि सेवा बन्द गर्दै कानुन मन्त्री नरेश भण्डारी लगाएत अन्य कर्मचारी होम आइसोलेसनमा बसेका छन् ।