Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

बामदेव गौत्तमलाई राष्ट्रिय सभामा लैजाने नेकपाकाे निर्णय


काठमाडौँ  :  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिययसभामा लैजाने निर्णय गरेको छ। मन्त्रिपरिषद्ले राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

यसअघि फागुन १४ गते पनि उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको थियो। बिहीबार बसेको नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारेको जानकारी दिएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा हाम्रो पार्टीको केन्द्रीय उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिबाट मनोनित गरिने राष्ट्रिय सभाको एक रिक्त पदमा मन्त्रिपरिषद्ले मनोनयन गर्ने सरकार पुगेको जानकारी गराएका छन ।