Loading... आजः शुक्रबार, अशोज ८, २०७८
Trending

कर्णालीमा थप १८ जनामा कोरोना संङक्रमण पुष्टि

दैलेख  : कर्णाली प्रदेशमा आज थप १८ जनामा कोरोना संक्रमण पुष्टि भयको छ । प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र दैलेख अस्पताल दैलेखमा गरिएको परिक्षणमा थप १८ जनामा कोरोना पुष्टि भएको हो। सुर्खेतमा गरिएको परिक्षणमा सुर्खेतका ६ जना,कालिकोट र दाङका २र२ जना र दैलेख र बाँकेका १र१ जना गरि १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै,दैलेखमा गरिएको परिक्षणमा दैलेखकै ६ जनामा कोरोना पुष्टि भएको सामाजिक बिकास मन्त्रालय कर्णाली प्रदेश अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ।

पछिल्लो २४ घण्टामा ६ सय ३५ जनाको कोरोना परिक्षण गरिएकोमा ६ सय १६ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको हो भने ,१ जना पुरानो केशको रिपोर्ट पुनः पोजेटिभ आएको छ। यो सङ्गै कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको जम्मा संख्या २ हजार ५ सय ६९ पुगेको छ।

error: Content is protected !!