Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातकोत्तर पढाई हुने


जुम्ला :  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्नातकोत्तर पढाउने अनुमति पाएसँगै यसै शैक्षिक शत्रदेखि स्नातकोत्तर तहको अध्यापन सुरू हुने भएको छ ।

प्रतिष्ठानले यो वर्षदेखि एमडिजिपी, एनेस्थेसियोलोजी, पिडियट्रिक अध्यापन गर्ने अनुमति पाएको हो । साउन ३० गते प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा विज्ञानमा स्नातकोत्तर तहको अध्यापन अनुमति दिने निर्णय गरेको थियो । निर्णयअनुसार मंगलबारदेखि अनुमति प्राप्त भएको प्रतिष्ठान अस्पताल निर्देशक डा मंगल रावलले जानकारी दिए ।

डा रावलका अनुसार यो वर्षका लागि पाँच वटा कोटा निर्धारण गरिएको छ । एमडिजिपीमा ३, एनेस्थेसियोलोजीतर्फ र पिडियट्रिकतर्फ १र१ वटा कोटा निर्धारण भएको उनले बताए । २०६८ सालमा स्थापना भएको प्रतिष्ठानमा यसअघि स्नातक तहका केही विषयमा अध्यापन भइरहेको छ ।