Loading... आजः आइतवार, अशोज १०, २०७८
Trending

नेपालमा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या १७५ पुग्यो

..


काठमाडौँ  : नेपालमा कोरोना सङ्क्रमित मृतकको संख्या १७५ पुगेको छ । पछिल्लो चौबीस घण्टामा दुई महिला र नौ जना पुरुषसहित ११ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो चौबीस घण्टामा प्रदेश २ मा सबैभन्दा बढी पाँच जनाको मृत्यु भएकोमा कोरोना संक्रमणको पुष्टि भएको छ। महोत्तरीका तीन र बाराका दुईजना छन् । महोत्तरीमा ६०, ७२ र ७५ वर्षीय सङ्क्रमितको मृत्यु भएको छ । तीनैजना पुरुष छन् । त्यसैगरी, बारामा ४१ वर्षीय र ४६ वर्षीय गरी दुई पुरुषको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार भक्तपुरमा ५३ वर्षीया र मोरङमा ४६ वर्षीया गरी दुई महिलाको सङ्क्रमणबाट मृत्यु भएको हो । त्यसैगरी, काठमाडौंमा ५१ वर्षीय र बाँकेमा ३७ वर्षीय गरी दुईजना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । कैलालीमा दुईजना ४५ र ५० वर्षीय पुरुषको सङ्क्रमणबाट मृत्यु भएको छ ।

error: Content is protected !!