Loading... आजः बुधबार, बैशाख ५, २०८१
Trending

आरडीटी परीक्षण पश्चात विद्यालय सञ्चालन


हुम्ला :  नाम्खा गाउँपालिकास्थित महाबौद्ध माध्यमिक विद्यालयले शिक्षकको आरडीटी गरेर पठनपाठन सञ्चालन गरेको छ । जिल्लाबाहिरबाट आएका शिक्षकहरुको आरडीटी गरेर पठनपाठन थालिएको हो । जिल्लाका ६ स्थानीय तहका विद्यालयहरु भने लामो समयदेखि बन्द छन् । पठनपाठन अवरुद्ध हुँदा विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै गाउँपालिका र विद्यालय व्यवस्थापन समितिको बैठकले विद्यालय खोल्ने निर्णय गरेको थियो । जिल्लाका अन्य पालिकाभन्दा नाम्खा सुरक्षित भएकाले विद्यालय खोल्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष विष्णु लामाले बताए ।

अभिभावक र शिक्षकहरुले भने विद्यार्थीको स्वास्थ्यमाथि खेलवाड गरिएको भन्दै विरोध जनाएका छन् । गाउँपालिकाले शिक्षक र विद्यार्थीको स्वास्थ्य सुरक्षाको सावधानी नअपनाइ विद्यालय खोलेको भन्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको शिक्षक कलम शाहीले बताए ।