Loading... आजः सोमवार, अशोज २१, २०८१
Trending

आत्मबल बलियो,पारिवारिक हौसला नै ठुलो औषधी

...


दैलेख  : नारायण नगरपालिका भित्र निर्माण गरेको क्वारेनटाइनमा बसेका नागरिकको अवस्था बुझ्न जाँदा नारायण नगरपालिका दैलेखका उप प्रमुख सावित्री मल्ललाई कोरोना सङ्क्रमण पुष्टि भयो । कोरोना सङ्क्रमण पुष्टि भएपछि उहाँ दुई दिन सम्म घरमै होम आइसोलेसन बसिन । उनको स्वास्थ्यमा थप समस्या देखिए सँगै उपचारका लागि प्रदेश अस्पताल सुर्खेतमा पु¥याइयो । २१ दिनको उपचार पछि कोरोना
जितेर घर फर्के पछि उनलाई युद्ध जितेर अनुभूति भयो ।

२१दिनको आइसोलेसनमा बस्नु भएका उहाँले कोरोना सङ्क्रमण पुष्टि भएमा त्यसलाई जित्नको लागि आत्मबल बलियो,तनाव रहित वातावरण,पारिवारिक हौसला सबै भन्दा ठुलो औषधी भएको बताईन । उनले जनताको सेवामा खटिँदा आफूलाई कोरोना सङ्क्रमण भएपछि जनता कै नेता जनताको सेवा गर्दा कोरोना सङ्क्रमण भयो जितेर उनीहरूकै पुन सेवा गर्छु भन्ने आत्मबल बलियो बनाए र पारिवारिक हौसला नियमित पाएका कारण आफूले कोरोना जितेको बताईन । उनले भनिन् आफू जनप्रतिनिधि भएका कारण पनि दैनिक फोनहरू आउने उहाँहरू सँग कुरा गरे त्यो सँगै पार्टीका नेता कार्यकर्ताले हौसला थप्नुभयो पारिवारिक हौसला नियमित पाएपछि कोरोना जित्न कुनै समस्या भएन । तर आइसोलेसनमा बस्दा डाक्टर नआउने समस्या कारण आफूहरू समस्यामा परेको उनको भनाई छ ।

नारायण नगरपालिकाका सामाजिक विकास शाखा दैलेखमा कार्यरत कर्मचारी खम बहादुर थापा लाई कोरोना सङ्क्रमण भयो । सुगर र उच्च रक्तचापको बिरामी समेत रहेका उनलाई कोरोना सङ्क्रमण भएपछि मर्छु की भन्ने लागेको थियो । दैनिक रूपमा पारिवारिक रूपमा हौसला पाएपछि आत्मबल बलियो बनाए पछि कोरोना जितेर पुन काममा फर्कनु भएको उनले बताए । उनले भने २५ दिन आइसोलेसनको बसाइँमा तातोपानी बेसार पानी,टिमुर,गुर्जो लगायतका औषधी खाइयो त्यो भन्दा पनि ठुलो औषधी पारिवारिक हौसला नै रहेछ । परिवार कमजोर भएर दैनिक रुँदै फोन गरेको भए म आज यसरी तपाई सँग कुरा गरेको हुन्थिन ।

जिल्ला स्वास्थ्य कार्यालयमा कार्यरत जनस्वास्थ्य अधिकृत इमरजेन्सी इन्चार्ज नमराज सुबेदीलाई त्यही उपचार गर्दा गर्दे कोरोना सङ्क्रमण पुष्टि भयो । कोरोना सङ्क्रमण भएपछि उनले आइसोलेसन अस्पतालमा नगएर होम आइसोलेसनमा बसेर कोरोना जित्नुभएका उहाँले सबै भन्दा कोरोना सङ्क्रमणको औषधी आत्मबल नै बलियो बनाउनु पर्ने बताए ।

उनले दैलेखको दुल्लु नगरपालिकामा एक जना युवकले आत्मबल बलियो नबनाउँदो आत्महत्या गरे पछि उहाँमा कोरोना सङ्क्रमण पुष्टि भयो । आत्मबल कमजोर भयो भने मस्तिष्कमा विभिन्न कल्पना आउने र त्यसले कमजोर बनाउने हुँदा आत्मबल बलियो आधार बनायो भने कोरोना सङ्क्रमण सजिलै जित्न सकिने उहाँको भनाइ छ । उनले घरमा गुर्जो,ज्वानाको झोल,मासको रस,बेसार पानी,टिमुर लगायतका जडीबुटी खाएर आफू कोरोना जितेको बताए ।