Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

किसानका समस्या बुझ्न कल सेन्टर सञ्चालनमा


दैलेख :  किसानका समस्यालाई सम्बोधन गर्न कल सेन्टर सञ्चालनमा ल्याइएको छ । जिल्लाको भगवतिमाई गाउँपालिकाले किसानलाई परेको समस्या र समाधान गर्ने उद्देश्यले दैलेखमा जिल्लामै पहिलो किसान कल सेन्टर सञ्चालनमा ल्याएको गाउँपालिकाको कृषि शाखाले जानकारी दिएको छ ।
गाउँपालिकाले आर्थिक वर्ष ०७७÷०७८ को कार्यक्रम अनुसार कृषि क्षेत्र विकास कार्यक्रम र गाउँपालिकाको सहकार्यमा १६६०८९४२००३ नम्बरको कल सेन्टर स्थापना गरेको गाउँपालिकाको कृषि शाखा प्रमुख सुजता खड्काले बताईन । उनले कृषि उपजहरूको ढुवानी, बिक्री वितरण, मल तथा बीउ बिजनको आपूर्ति लगायत काममा समस्या किसानका हरेक गुनासा सँगै कृषक, कृषि उपजको बिक्रेता, ढुवानीकर्ताले तरकारी, फलफूल, बीउ, मल, किटनाशक औषधी, पशुपक्षी औषधी, अण्डा, दूध, पशुपक्षीका दाना, लगायत समस्या समाधान गर्न गाउँपालिकाका स्थापना गरिएको बताईन

गाउँपालिका क्षेत्र भित्रका किसानहरूका लागि थापना गरिएको किसान कल सेन्टर आइतबारबाट सञ्चालनमा ल्याइएको हो यस क्षेत्रका किसानहरूले पशुपक्षी सम्बन्धी समस्या तथा सुझावको लागि हरेक आइतबार बिहान ११ बजे देखि २ बजे सम्म र कृषि सम्बन्धी समस्या तथा सुझावको लागि शुक्रवार ११ बजे देखि २ बजे सम्मा फोन गर्ने सक्ने व्यवस्था मिलाइएको छ । भगवतिमाई गाउँपालिकाका अध्यक्ष दान बहादुर थापाले किसानले आफ्नो बारीमा लागेको रोग,र समाधानका लागि सामान्य जानकारी लिन समेत गाउँपालिका आउने समस्या समाधान गर्न कल सेन्टरको स्थापना गरेको बताए । उनले अव कुनै पनि किसानले आफ्नो बारीमा लागेको रोग पशुपंक्षिका लागि आवश्यक दाना लगायतका विषयमा सहज रूपमा पैसा नलाग्ने नम्बरमा फोन गर्न सकिने बताए ।