Loading... आजः आइतवार, जेष्ठ २, २०७८
Trending

पौडी खेल्ने क्रममा कर्णालीमामा बगेर दुई बालक बेपत्ता


दैलेख :  बाख्रा चराउन बन गएका दुई बालक आठबिस नगरपालिका वडा न ४ भेल्तडी भन्ने स्थानमा कर्णाली नदिमा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् । दैलेखको आठबिस नगरपालिका वडा नः ४ का १४ वर्षीय भरत माझी ,१३ वर्षीय विनोद माझी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
जिल्ला प्रहरीका कार्यालय दैलेखका प्रहरी प्रमुख (डिएसपी) हरि बहादुर वलीले बेपत्ता भएका बालकको खोज उद्दारका नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली परिचालन गरिएको बताए । उनले प्रहरी चौकी कर्णाली,पाल्तडा,तल्लोडुगेश्वर बाट प्रहरी परिचालन गरिएको र पाल्तडामा रहेको सशस्त्र प्रहरी बाट एक टोली परिचालन गरेको बताए प्रहरी प्रमुख वलीले बालकका आफन्तले प्रहरीलाई खबर गरेपछि आफूहरूलाई जानकारी प्राप्त भए लगत्तै अक्षाम जिल्ला र सुर्खेत जिल्लामा समेत बालकको खोजी गर्न समन्वय गरेको बताए ।

error: Content is protected !!