Loading... आजः बिहिबार, बैशाख १३, २०८१
Trending

नेपाल भर कोरोना संक्रमितको संख्या ३३ हजार ५३३ पुग्यो

...

काठमाडौँ  : नेपालमा पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै कोरोना संक्रमितको कुल संख्या ३३ हजार ५ सय ३३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३१३ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए।

पछिल्लो २४ घण्टामा देशभार ११ हजार ३ सय २७ जनाको पीसीआर परीक्षण गरिएको छ।